close

आचारसंहिता विपरीत नेताहरूसँगको अन्तर्वार्ता सामाजिक सञ्जालमा राख्दै रतन कार्की

टेकपाना टेकपाना

फागुन १९, २०८२ २१:१६

आचारसंहिता विपरीत नेताहरूसँगको अन्तर्वार्ता सामाजिक सञ्जालमा राख्दै रतन कार्की

काठमाडौँ । भ्लगर/कन्टेन्ट क्रिएटर रतन कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भए पनि कार्कीले नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गाैतम लगायतसँग गरेका अन्तर्वाता फेसबुक, युट्युब र टिकटकमा अपलोड गरेका हुन् ।

भिडिओमा कमेन्ट गर्ने सयाैँ प्रयोगकर्ताले निर्वाचन आयोग र नेपाल प्रहरीलाई मेन्सन गर्दै कार्कीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।

आयोगले मौन अवधिमा उम्मेदवारसँग सम्बन्धित कुनै पनि प्रकारका प्रचारात्मक सामग्री, अन्तर्वार्ता वा चर्चा-परिचर्चा प्रकाशित वा प्रसारित गर्न पूर्ण रूपमा निषेध गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नभएसम्म कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।

यसअन्तर्गत सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने स्पष्ट व्यवस्था छ । 

 




पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ २१:३२