close

हाइफ्युचर ब्राण्डका स्मार्टवाच, इयरबड र स्पिकरमा १० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १५:७

हाइफ्युचर ब्राण्डका स्मार्टवाच, इयरबड र स्पिकरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । हाइफ्युचरका प्रडक्टको मूल्य घटेको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै हाइफ्युचरको बिक्रेता कम्पनी टेक स्टुडियोले आफ्ना स्मार्टवाच, इयरबड, स्पिकर लगायतका प्रडक्टकाे मूल्य १० प्रतिशतसम्मले घटाएको हो ।

यस अन्तर्गत बजार मूल्य १,९९९ रुपैयाँ पर्ने कलरबड्स टु इयरबडदेखि १४ हजार ९९९ रुपैयाँ पर्ने म्युजिक बक्सको मूल्य १० प्रतिशतसम्मले घटेको छ ।

अब ग्राहकले नौ हजार ९९९ रुपैयाँ पर्ने हाइफ्युचर ओरा स्मार्टवाच आठ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै हाइफ्युचरको एपेक्स स्मार्टवाचको मूल्य एक हजार रुपैयाँले घटेको छ ।

अब यो स्मार्टवाच आठ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसअघि यो स्मार्टवाचको मूल्य नौ हजार ९९९ रुपैयाँ रहेको थियो ।

यसैगरी हाइफ्युचर गो मिक्स टु स्मार्टवाचको मूल्य पनि एक हजार रुपैयाँले घटेको छ । यसलाई आठ हजार ९९९ रुपैयाँ तिरेर खरिद गर्न सकिन्छ । यसअघि यो स्मार्टवाचको मूल्य नौ हजार ९९९ रुपैयाँ थियो ।

त्यस्तै तीन हजार ९९९ पर्ने हाईफ्युचार जोन टु स्मार्टवाचको मूल्य पनि ४०० रुपैयाँले घटेको छ । अब यसलाई तीन हजार ५९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

कम्पनीले छ हजार ४९९९ रुपैयाँ पर्ने हाइफ्युचर अल्ट्रा थ्रीको नयाँ मूल्य पाँच हजार ८४९ रुपैयाँ कायम गरेको छ ।

मूल्य घट्नेमा हाइफ्युचरको अल्टस स्पिकर पनि अटाएको छ । यसमा ३०० रुपैयाँ छुट दिइएको छ । यसअघि यो स्पिकरको मूल्य दुई हजार ९९९ रुपैयाँ रहेको थियो । अब अल्टस स्पिकर दुई हजार ६९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

कम्पनीले सबैभन्दा बढी रकम हाइफ्युचर म्युजिक बक्समा घटाएको छ । यसअघि यसको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको थियो । यसमा कम्पनीले १५०० रुपैयाँ घटाएको छ । ग्राहकले अब १३ हजार ४९९ रुपैयाँमा यो डिभाइस खरिद गर्न सक्नेछन् । 

मूल्य घट्नेमा हाइफ्युचरको कलरबड्स टु इयरबड्स पनि रहेको छ । यसको बजार मूल्य १,९९९ रुपैयाँ रहेकोमा ग्राहकले अब १,७९९ रुपैयाँमै किन्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १४:२