close

अब ह्वाट्सएपमा पनि फोनमा जस्तै डायलर हुने

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १९:२१

अब ह्वाट्सएपमा पनि फोनमा जस्तै डायलर हुने

 

काठमाडौं । अब ह्वाट्सएपमा पनि फोन एपमा जस्तै डायलर हुने भएको छ । होम स्क्रिनबाट सोझै नम्बर डायल गर्न सकिने गरी कम्पनीले ‘ह्वाट्सएप डायलर’ राख्न लागेको हो ।

ह्वाट्सएप सम्बन्धी जानकारी दिने प्लेटफर्म डब्लूए बेटा इन्फोले यो नयाँ फिचर आउन लागेको पुष्टि गरेको छ । अहिले विकासका क्रममा रहेको यो फिचर कम्पनीले आगामी अपडेट एन्ड्रोइड भर्सन २.२४.९.२८ मार्फत उपलब्ध गराउने लागेको बताइएको छ ।

कम्पनीले हाल बेटा टेस्टरलाई पनि यो फिचर उपलब्ध गराएको छैन । ​डब्लूए बेटा इन्फोले ह्वाट्सएप बेटा फर इन्ड्रोइड २.२३.१५.११ अपडेटमा ह्वाट्सएपमा यस्तो फिचर आउन लागेको जानकारी दिएको थियो । पहिले ह्वाट्सएप नम्बर सेभ गरेर वा त्यसलाई लिङ्कमार्फत प्रयोग गर्न सकिन्थ्यो ।

कतिपयले प्रत्यक्ष रूपमा ह्वाट्सएपबाटै नयाँ कन्ट्याक्ट तयार पारेर प्रयोग गर्दै आएका थिए । उक्त बाध्यता हटाउँदा कम्पनीले केही समय पहिले नयाँ च्याटमा गएर सर्चको आइकनमा ट्याप गरिसकेपछि त्यहाँ नाम सर्च वा नम्बर डायल गर्नुपर्ने हुन्छ । 

त्यसैलाई सजिलो बनाउन ह्वाट्सएपले डायलर समावेश गर्न लागेको हो । सो फिचर प्रयोग गरी प्रयोगकर्ताले नम्बर डायल गरेर सोझै कल गर्न सक्नेछन् । विशेषगरी कतिपय अवस्थामा नम्बर सेभ नगरे पनि हुने किसिमका कन्ट्याक्ट हुन्छन् । त्यस्तोमा यो फिचर थप उपयोगी हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १९:२१