close

एआईबारे धेरै कुरा जान्न मन छ ? पढ्नुहोस् यी उपयोगी अनलाइन कोर्स

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १७:४९

एआईबारे धेरै कुरा जान्न मन छ ? पढ्नुहोस् यी उपयोगी अनलाइन कोर्स

काठमाडौं । जताततै एआईको चर्चा भइरहँदा यसबारे थुप्रै कोर्स पनि उपलब्ध भइसकेका छन् । चाहे त्यो विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा होस् वा विभिन्न तालिम प्रदायक संस्थाले सञ्चालन गर्ने छोटो अवधिको तालिम ।

विभिन्न एआई टुललाई आफ्नो कामका लागि प्रयोग गर्न अथवा यसबारे अझ जानकारी प्राप्त गर्न ती कोर्स निकै उपयोगी हुन्छन् । अहिले ती कोर्स अध्ययन गर्न तपाईंसँग निश्चित शैक्षिक पृष्ठभूमि हुन जरुरी छैन । बस् रूचि, समय र आवश्यक परे पैसा हुन जरुरी छ ।

आज हामी अनलाइनमा उपलब्ध एआई सम्बन्धी विभिन्न सशुल्क/नि:शुल्क कोर्सबारे जानकारी दिने छौं: 

लिङ्क्डइन लर्निङ 

विश्वको पुरानो लर्निङ प्लेटफर्म मध्येको एक हो । यसमा विभिन्न विषयमाथि बनाइएका कोर्स छन् । यसमा सशुल्क र नि:शुल्क दुवै प्रकारको कोर्स पाइन्छ । तपाईंले एक पटक ३९ डलर (पाँच हजार रुपैयाँ) मासिक शुल्क तिरेपछि प्लेटफर्ममा उपलब्ध सबै कोर्समा पहुँच पाउन सक्नुहुन्छ ।

यस प्लेटफर्ममा उपलब्ध केही कोर्स तल चर्चा गरिएको छ:  

-च्याटजीपीटी टिप्स फर द हेल्प डेस्क: यस कोर्समा तपाईंले कसरी रणनीतिक योजना लागु गर्ने, प्रम्प्ट इन्जिनियरिङमा कसरी राम्रो गर्ने, एजेन्ट स्क्रिप्टिङ कसरी लगायतका कुरा सिक्न सक्नुहुन्छ ।

-मसिन लर्निङ विथ पाइथन: फाउन्डेसन यस कोर्समा तपाईंले प्रोग्रामिङ ल्याङ्ग्वेज पाइथन प्रयोग गरेर कसरी मसिन लर्निङ सुरु गर्ने भन्ने विषय सिक्न सक्नुहुन्छ । 

-बिल्डिङ करियर एजिलिटी एन्ड रिसाइलेन्स इन द एज अफ एआई: एआईमा कसरी आफ्नो भविष्य बनाउने र कसरी सफलता पाउने भन्ने विषय यस कोर्समा चर्चा गरिएको छ ।  

लिङ्क्डइनमा रहेका अन्य एआई कोर्स हेर्न यहाँ क्लिक गर्नुहोस् ।


अमेजन एडब्लूएस स्किल बिल्डर 

विभिन्न सफ्टवेयर सेवा बाहेक अमेजनले शिक्षामा पनि काम गरिरहेको छ । अमेजनले शिक्षामा गरेका सबै काम स्किल बिल्डरमा राखिएका हुन्छन् । त्यहाँ विभिन्न विषयमाथि बनाइएका भिडिओ कोर्स फेला पार्न सकिन्छ । एआई छुट्ने कुरा नै भएन । यस प्लेटफर्ममा पाइएका केही एआई कोर्स:

-अमेजन कोड विस्पर: यसमा तपाईंले अमेजनको कोड विस्परबारे सम्पूर्ण जानकारी बनाउन सक्नुहुन्छ । सफ्टवेयर इन्जिनियरलाई सहयोग गर्न अमेजनलाई तयार पारेको एआई टुल हो । यसमा तपाईंले अलि विज्ञता हाँसिल गर्नु भएपछि आफ्नो कामलाई अझ छिटो, राम्रो तरिकाले गर्न सक्नुहुन्छ । 

-अमेजन बेडरक: जेनेरेटिभ एआई बनाउन अमेजनले दिइरहेको सेवाबारे पुरा जानकारी लिन यो कोर्स पढ्न सक्नुहन्छ ।

अझ यदि तपाईंले एडब्लुएसमा आधारित सेवा लिइरहनु भएको छ अथवा लिने सोचिरहुन भएको छ भने यी कोर्स उपर्युक्त हुन सक्छन् । प्लेटफर्ममा उपलब्ध अन्य एआई कोर्सबारे हेर्न यहाँ क्लिक गर्नुहोस् ।


आईबीएम स्किल्स बिल्ड लर्निङ  

बहुराष्ट्रिय प्रविधि कम्पनी आईबीएमले पनि आफ्नै लर्निङ प्लेटफर्म बनाएको छ । जहाँ साइबर सुरक्षा, डेटा विश्लेषण, युजर इन्टरफेस, डिजाइनिङ लगायत प्रविधि सम्बन्धी विभिन्न कोर्स उपलब्ध छन् । ती अध्ययन गर्दा तपाईंलाई व्यावसायिक जीवनमा पनि निकै सहज हुन्छ । 

यसमा एआईका आधारभूत विषयलाई लिएर बनाइएको १० घण्टाको पनि कोर्स उपलब्ध छ । जुन कोर्समा पहुँच पाउन प्लेटफर्ममा अकाउन्ट बनाउनु पर्ने हुन्छ । कोर्स भने नि:शुल्क रहेको छ ।

प्लेटफर्ममा सिकाइ प्रक्रियाका आधारमा समेत एआई कोर्स विभाजन गरिएको छ ।  यसमा भएका अझ धेरै एआई कोर्स हेर्न यहाँ क्लिक गर्नुहोस् ।


डिप लर्निङ (‌ओपन एआई)

च्याटजीपीटी निर्माता ओपनएआईसँग सहकार्य गरेर सञ्चालन भइरहेको डिप लर्निङ प्लेटफर्ममा एआई केन्द्रित ३० भन्दा बढी कोर्स छन् । विशेष गरेर यो प्लेटफर्म उद्योगमै काम गरिरहेको अथवा यस क्षेत्रको ज्ञान भएको डेभलपरका लागि बनाइएको हो ।  यसमा भएका केही कोर्सहरू:

-च्याटजीपीटी प्रम्प्ट इन्जिनियरिङ फर डेभलपर्स: यसमा तपाईंले प्रम्प्ट इन्जिनियरसँगै कसरी आफ्नै च्याटबट बनाउने भन्ने विषय सिक्न सक्नुहुन्छ । यसका लागि च्याटजीपीटीको एपीआई प्रयोग गर्ने तरिका पनि यसका सिकाइएको छ ।

-लार्ज ल्याङ्ग्वेज मोडलर्स विथ सिमान्टिक सर्च: यो कोर्समा सर्च गर्न र नतिजालाई साारांक्ष गर्न कसरी एलएलएम प्रयोग गर्ने भन्नेबारेमा जानकारी दिइएको छ ।  

डिप लर्निङको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 


उडेमी 

स्वतन्त्र व्यक्तिहरूले कोर्स अपलोड गर्न मिल्ने यस प्लेटफर्ममा पनि एआईबारे विभिन्न विषयमा कोर्स बनाइएको छ । प्लेटफर्ममा एआईका सयौं सशुल्क कोर्स उपलब्ध छन् ।

प्लेटफर्ममा रेटिङ, ड्युरेसन, लेभल लगायतका मापदण्ड राखेर फिल्टर गर्न सकिन्छ । त्यसो हुँदा तपाईंलाई कोर्स खरिद गर्न तथा अध्ययन गर्न सहयोग पुग्छ । यसमा विशेष कामका लागि प्रयोग हुने एआई माथि कोर्स बनाइएको हुन्छ । अर्थात् सामान्य मानिसलाई ध्यानमा राख्दै कोर्स बनाइएको हुन्छ । जुन यसको सकारात्मक पाटो हो ।

कोर्समा भएका केही कोर्स:

-च्याटजीपीटी मास्टर क्लास: यस कोर्समा तपाईंले च्याटजीपीटीबारे सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ । जस्तै; व्यापारका लागि प्रम्प्ट इन्जिनियरिङ, प्रोग्रामिङ, च्याटजीपीटी एआई आदि । 

-मिड जर्नी मास्टरी: एआईबाट चित्र बनाउनका लागि अहिलेका चर्चित टुल मध्ये एक हो, मिडजर्नी । यसैबाट कसरी आकर्षक चित्र तयार पार्ने भन्नेबारे यो कोर्स केन्द्रित छन् ।

उडेमीमा एआई कोर्स हेर्न यहाँ क्लिक गर्नुहोस् ।


ग्रो विथ गुगल र स्किल्स शप

व्यक्तिलाई सीप, करियर वा व्यवसाय बढाउन मद्दत गर्ने हिसाबले गुगलले सञ्चालन गरिएको एउटा कार्यक्रम हो, ग्रो विथ गुगल । यसमा कोडिङ, एआई, डिजिटल मार्केटिङ, अनलाइन व्यापार सुरक्षा, मसिन लर्निङ लगायतका विभिन्न विषयमा बनाइएका कोर्स छन् ।

त्यस्तै गुगल स्किल्स शप नि:शुल्क अनलाइन प्रशिक्षण प्लेटफर्म हो, यसमा गुगल प्रडक्ट र टुल सम्बन्धी माथि बनाइएका कोर्स राखिएका छन् ।

यी दुवैमा एआई सम्बन्धी कोर्स छुट्ने कुरै भएन । ती मध्ये एउटा कोर्स हो, जेनेरेटिभ एआई फर एजुकेटर्स । नाम जस्तै यो कोर्स शिक्षकसँग सम्बन्धित छ । दुई घण्टाको यस कोर्समा कक्षाकोठामा भित्र एआई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ । 

ग्रो विथ गुगलमा जान यहाँ र स्किल्स शपमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १८:११