close

नक्कली ड्राइभिङ लाइसेन्स बनाउने सरकारी कर्मचारी पक्राउ

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १८:१

नक्कली ड्राइभिङ लाइसेन्स बनाउने सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा सोमबार आरोपित पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कर्मचारी ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालयमा ल्याइएका लाइसेन्सको नम्बर राखेर अर्को नक्कली लाइसेन्स बनाउँदै बिक्री गर्थे ।

उनी विरुद्ध सरकारी लिखत किर्तेको कसुरमा मङ्गलबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी सीआईबीले अनुसन्धान अघि बढाएको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १८:१०