close

ओमोडा बन्यो युरोपमा उत्पादन हुने पहिलो चिनियाँ ईभी निर्माता कम्पनी

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १७:५६

ओमोडा बन्यो युरोपमा उत्पादन हुने पहिलो चिनियाँ ईभी निर्माता कम्पनी

 

काठमाडौं । ओमोडा युरोपमा बिजुली गाडी उत्पादन गर्नेमा पहिलो चिनियाँ कम्पनी बनेको छ । स्पेनमा एक कार्यक्रम गर्दै ओमोडाले १९ अप्रिलमा आफ्नो पहिलो युरोपेली फ्याक्ट्री प्लान सार्वजनिक गरेको हो ।

यसअघि गत फेब्रुअरीमा ‘अल-इलेक्ट्रिक क्रसओभर एसयूभी ओमोडा ई फाइभ स्पेनिस बजारमा सार्वजनिक गर्दै ओमोडा युरोपेली बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो । त्यस लगत्तै आफ्नो बिजुली गाडी युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी समेत बन्न ओमोडा सफल भएको हो ।

नेपालमा पनि गत फेब्रुअरीमा नै ओमोडा ई-फाइभ सार्वजनिक भएको थियो । अत्याधुनिक विद्युतीय प्रविधि, इन्टेलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनका कारण विश्व र नेपाली बजारबाट अहिले यो गाडीले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । नेपालका लागि ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १७:५६