close

टेलिकमको टावरमा आगलागी

टेकपाना टेकपाना

बैशाख २१, २०८१ ९:४१

टेलिकमको टावरमा आगलागी

काठमाडौं । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । 

बुधवार दिउँसो पौने २ बजे मालिका गाउँपालिका-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट सुरु भएको आगो समयमा नियन्त्रण नहुँदा टेलिकमको टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जनाए । 

आगोले टेलिकमका उपकरणहरूमा समेत क्षति पुर्याएको पोखरेलले बताए । “आगोले टेलिकमको टावरमा भएका ७२ ओटा सोलार ब्याट्री, सोलार प्यानलका तार, विद्युतीय मिटर बक्स र केबुलका तारहरू जलेका छन्,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ ९:४१