close

अब माइक्रोसफ्टले पनि लगइनका लागि पासकी सपोर्ट गर्ने

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १३:४३

अब माइक्रोसफ्टले पनि लगइनका लागि पासकी सपोर्ट गर्ने

काठमाडौं । अन्तत: माइक्रोसफ्टले पनि लगइनका लागि पासकी सपोर्ट गर्ने भएको छ । सबै अकाउन्टमा माइक्रोसफ्टले पासकी उपलब्ध गराउन थालेकाे हो । 

यससँगै प्रयोगकर्ताले आफ्नो अकाउन्टमा फेस, फिङ्गरप्रिन्ट अथवा डिभाइस पिन प्रयोग गरेर लगन इन गर्न सक्नेछन् । माइक्रोसफ्टको यो पासकी फिचर विन्डोजमा मात्र नभएर एप्पल र गुगलका डिभाइसमा समेत काम गर्ने छन् । 

माइक्रोसफ्टका अनुसार डेस्कटप एप र वेबसाइटमा पासकी सपोर्ट भइसकेको छ । मोबाइल एपमा भने केही हप्ताभित्र यो फिचर उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ ।  

पछिल्लो समय प्राय: अधिकांश ठूला प्रविधि कम्पनीले पासकी सपोर्ट गर्छन् । जसमा गुगल, एप्पल, अमेजन, ईबे, पेपाल आदि पर्छन् । माइक्रोसफ्टमा पासकी सेटअप गर्न यहाँ क्लिक गर्नुहोस् । 

पासकीबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १३:४३