close

गुगल प्ले स्टोरमा अब सरकारी एपका लागि छुट्टै ब्याज

टेकपाना टेकपाना

बैशाख २१, २०८१ १४:१५

गुगल प्ले स्टोरमा अब सरकारी एपका लागि छुट्टै ब्याज

काठमाडौं । सरकारी एपका लागि गुगलले नयाँ ब्याज प्रयोग गर्ने भएको छ । गुगल प्ले स्टोरमा सरकारी एप चिन्न सजिलो बनाउन गुगलले यस्तो ब्याज प्रयोग गर्न थालेको हो ।

गुगलले गत नोभेम्बर २०२३ मै यो फिचर ल्याउने घोषणा गरेको थियो । त्यसयताको परीक्षणपछि कम्पनीले २ मे अर्थात् बिहीवारदेखि यो फिचर औपचारिक रूपमा प्रयोगमा ल्याएको छ ।

एन्ड्रोइड अथोरिटीका अनुसार अहिलेसम्म १२ देशका तीन हजार बढी सरकारी एपले यो ब्याज पाइसकेका छन् । यसअन्तर्गत भारत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, ब्राजिल, इन्डोनेसिया र मेक्सिको रहेका छन् ।

नेपालका सरकारी एपले कहिलेसम्म यस्तो ब्याज पाउँछन् भन्ने खुलेको छैन । यस प्रकारको ब्याज पाउन एप बनाउँदा सरकारी ईमेल प्रयोग गर्नुपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १४:१५