close

गुगल म्याप्समा आयो नयाँ अपडेट, के छन् नयाँ फिचर ?

टेकपाना टेकपाना

जेठ ७, २०८१ १८:३३

गुगल म्याप्समा आयो नयाँ अपडेट, के छन् नयाँ फिचर ?

काठमाडौं । गुगलले आफ्नो नेभिगेसन एप गुगल म्याप्सको डिजाइनमा परिवर्तन ल्याएको छ । एन्ड्रोइडमा गुगल म्याप्सको नयाँ भर्सन सार्वजनिक गर्दै गुगलले डिजाइनमा परिवर्तन गरेको हो ।

गत मार्चमा यो परिवर्तनको घोषणा गरेको गुगलले हालै सम्पन्न गुगल आई/ओ २०२४ मा पनि यसबारे चर्चा गरेको थियो । यो परिवर्तन अन्तर्गत गुगलले म्याप्सको तलको बारमा तीन ओटा ट्याब राखेको छ । यसअघि त्यस भागमा एक्सप्लोर, गो, सेभ्ड, कन्ट्रिब्युट र अपडेट गरी पाँच विकल्प रहेका थिए । 

अब भने एक्सप्लोर, यु र कन्ट्रिब्युट गरी तीन ओटा मात्रै ट्याब रहने छन् । यसमध्ये यु ट्याबभित्र पहिलेका गो, सेभ्ड र अपडेट्स ट्याब राखिएका छन् । नोटिफिकेसन र बिजनेस मेसेज स्क्रिनको माथि दायाँ भागबाट फेला पार्न सकिन्छ । पहिलेको डिजाइनमा भएको गो ट्याब अहिले यु ट्याब भित्र सेभ्ड ट्रिप्स नाममा राखिएको छ ।

गुगलको यो नयाँ अपडेट केही नयाँ ग्यालेक्सी स्मार्टफोन र ट्याब्लेट प्रयोगकर्ताले  पाउने छन् । सबैका लागि भने केही समयभित्रमा यो अपडेट उपलब्ध हुने बताइएको छ । 


 

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १८:३३