close

पुरानो छोडी नयाँ जिमेल खोल्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू

टेकपाना टेकपाना

जेठ ७, २०८१ २०:२५

पुरानो छोडी नयाँ जिमेल खोल्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू

काठमाडौं । सुरुसुरुमा जिमेल खोल्दा जे भेटियो, त्यही नामबाट, अथवा डिफल्ट रूपमा जे जाम देखियो, त्यही नामलाई एड्रेसको रूपमा राखिएको हुन्छ । यस बाहेक अन्य विभिन्न कारणले पनि तपाई आफ्नो पुरानो जिमेल आईडी परिवर्तन गर्न खोजिरहनु भएको हुनसक्छ । तर आफ्ना पुराना ईमेलहरू कसरी सार्ने अथवा एउटा जिमेलबाट अर्को जिमेलमा कसरी सिफ्ट हुने त ? पुरानो जिमेल छोडेर नयाँ जिमेलमा सर्दै हुनुहुन्छ  भने तपाईंले केही कुराहरूमा विचार पुर्‍याउनु पर्ने हुन्छ ।

१. पुराना ईमेलहरू नयाँमा सार्ने तरिका 

ईमेल परिवर्तन गर्दा सबैभन्दा तनाव हुने काम भनेकै पुराना डेटा व्यवस्थापनमा हुन्छ । पुराना केही महत्त्वपूर्ण ईमेलहरू छन्, जुन तपाईँलाई आवश्यक छ भने तिनलाई तपाईंले आफ्नो नयाँ जिमेलमा सिंक गर्न सक्नुहुन्छ । 

  • यसका लागि सबैभन्दा पहिला आफ्नो नयाँ जिमेल अकाउन्टमा लगइन गर्नुहोस् 

  • सेटिङमा गएर स्क्रिनको सबैभन्दा माथि बीचतिर भएको 'अकाउन्ट एन्ड इम्पोर्ट' मा क्लिक गर्नुहोस् । 

  • चेक मेल फ्रम अदर अकाउन्ट्समा क्लिक गर्नुहोस् । 

  • एड अ मेल अकाउन्टमा क्लिक गर्नुहोस् र आफ्नो पुरानो ईमेल एड्रेस राखेर नेक्स्टमा क्लिक गर्नुहोस् ।,

  • त्यसपछि एड अकाउन्टमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंका सबै पुराना इमेलहरू नयाँ जिमेल आईडीमा आउनेछ । 

२. नयाँ जिमेलमा पुराना ईमेल आउने बनाउन

पुरानो जिमेलमा आउने ईमेलहरू नयाँ जिमेलमा आउने बनाउन के गर्ने ? पुराना ईमेल त आए, तर पुरानो जिमेल आईडीमै केही महत्त्वपूर्ण ईमेलहरू आउनसक्छन्, जसलाई तपाईं मिस गर्न चाहनुहुन्न । यसको लागि भने तपाईंले ईमेल फर्वार्ड हुने गरी सेटिङ मिलाउनु पर्ने हुन्छ । 

  • यसका लागि सुरुमा आफ्नो पुरानो जिमेल आईडी खोल्नुहोस् । 

  • सेटिङमा गएर फर्वार्डिङ एन्ड पीओपी/आईएमएपी अप्सनमा क्लिक गर्नुहोस् ।

  • एड अ फर्वार्डिङ एड्रेसमा क्लिक गर्नुहोस् । 

  • आफ्नो नयाँ ईमेल एड्रेस राखेर नेक्स्टमा क्लिक गरी प्रोसिडमा क्लिक गर्नुहोस् अनि ओकेमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि तपाईंले आफ्नो नयाँ ईमेलमा भेरिफिकेसन ईमेल प्राप्त गर्नु हुनेछ । त्यहाँ आउने लिंकमा क्लिक गर्नुहोस् र आफ्नो ब्राउजर रिफ्रेश गर्नुहोस् । 

  • यहाँबाट पुन: फर्वार्डिङ एन्ड पीओपी/आईएमएपी अप्सनमा गएर फर्वार्डिङ अप्सनमा क्लिक गर्नुहोस् । 

  • फर्वाड अ कपी अफ इनकमिङ मेल टुमा क्लिक गरेर आफ्नो सेटिङ परिवर्तन गरी पुराना ईमेल नयाँ जिमेल आईडीमा प्राप्त गर्ने फिचर इनेबल गर्न सक्नुहुन्छ ।  

यी लगायत तपाईंले अन्य काम जस्तै आफ्नो सम्पूर्ण विवरणबाट पुरानो आईडी हटाएर नयाँ जिमेल आईडी राख्ने, आफ्नो साथी सर्कलमा नयाँ जिमेल आईडी उपलब्ध गराउने लगायतका कामहरू पनि गर्नुपर्ने हुन सक्छ । 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ २०:२५