close

दीक्षान्त समारोह गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनलाइनबाटै फाराम भर्न सकिने

टेकपाना टेकपाना

जेठ ८, २०८१ १३:१७

दीक्षान्त समारोह गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनलाइनबाटै फाराम भर्न सकिने

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गर्ने चौंथाे दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुलेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीका लागि अनलाइन फाराम खुलाएको हो ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरी ७ चैत २०७९ देखि १४ जेठ २०८१ सम्ममा ट्रान्सक्रिप्ट लिएका र लिने विद्यार्थीहरू चौंथो दीक्षान्त समारोहमा सहभागी हुन सक्नेछन् ।

विद्यार्थीहरूले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट २० जेठसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ १३:५४