close

आजदेखि काठमाडौंमा साढे २ करोड पुरस्कार राशिको पब्जी प्रतियोगिता हुँदै, ८ देशका २० टिम भिड्ने

टेकपाना टेकपाना

जेठ ९, २०८१ १२:५९

आजदेखि काठमाडौंमा साढे २ करोड पुरस्कार राशिको पब्जी प्रतियोगिता हुँदै, ८ देशका २० टिम भिड्ने

काठमाडौं । आजदेखि काठमाडाैंमा ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया स्प्रिङ २०२४’ हुने भएकाे छ । बुढानिलकण्ठमा १५ जुनसम्म हुने याे अन्तर्राष्ट्रिय प्रतियाेगितामा नेपालसहित बङ्गलादेश, पाकिस्तान, सीआईएस, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियाका गरी कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट ‘डीआरएस गेमिङ’ र ‘होरा ई-स्पोर्ट्स’ सहभागी हुँदैछन् । आयोजकका अनुसार २२ मेदेखि ९ जुनसम्म लिग चरणको खेल हुनेछ । त्यस्तै फाइनल चरणका खेल १३ जुन देखि १५ जुनसम्म चल्नेछ । 

यो प्रतियोगितामा शीर्ष चारभित्र पर्ने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछन् ।

यो प्रतियोगिताको लिग चरणको लागि ४० हजार डलर र फाइनल चरणका लागि एक लाख १५ हजार डलर पुरस्कार राशि राखिएकाे छ । यसबाहेक हरेक चिकेन डिनर र हप्तासँगै प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई पनि पुरस्कार दिइने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताको कुल राशि दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेकाे छ ।

अपरान्ह ४:४५ देखि सुरु हुने खेलको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १३:११