close

दराजमा भोलि नेपाली ब्राण्ड अलेवाको ‘ब्रान्ड डे’: ग्राहकलाई ६७ प्रतिशतसम्म छुट घोषणा

टेकपाना टेकपाना

जेठ ९, २०८१ १५:५०

दराजमा भोलि नेपाली ब्राण्ड अलेवाको ‘ब्रान्ड डे’: ग्राहकलाई ६७ प्रतिशतसम्म छुट घोषणा

काठमाडौं । नेपाली ब्रान्ड अलेवाले आफ्ना विभिन्न प्रडक्टमा आकर्षक छुटको अफर घोषणा गरेको छ । भोलि (बिहीबार) दराजमार्फत हुने ‘ब्रान्ड डे’ मा कम्पनीले  ६७ प्रतिशतसम्मको छुट दिने भएकाे हाे । 

ग्राहकले अलेवाका स्मार्टवाच, इयरबड, नेकब्यान्ड्स, पावरब्याङ्क, इयरफोन, चार्जर, केबल र कभर खरिदमा छुट पाउनेछन् ।  

“यस्ता आकर्षक अफरहरू सहित दराजमा हाम्रो पहिलो ‘ब्रान्ड डे’ मनाउन पाउँदा हामी हर्षित छौं,” अलेवाका संस्थापक विकास अग्रवालले भने, “यस कार्यक्रमले आकर्षक मूल्यमा गुणस्तरीय प्राविधिक सामान उपलब्ध गराउने हाम्रो समर्पणलाई दर्शाएको छ ।”

यस अन्तर्गत स्मार्टवाच खरिदमा ४० प्रतिशतसम्म, इयरबडमा ६० प्रतिशतसम्म, नेकब्यान्डमा ४२ प्रतिशतसम्म, पावरब्याङ्क ४० प्रतिशतसम्म छुट पाउन सकिनेछ । त्यस्तै इयरफोन, चार्जर, केबल र कभरमा क्रमशः ५०, ४७, ४५ र ६७ प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

यहाँ क्लिक गरेर दराजमा भएको अलेवा स्टोरमा गई विभिन्न प्रडक्ट छुटमा खरिद गर्न सकिनेछ ।

प्रडक्टबारे जानकारी पाउन अलेवाको फेसबुक पेज इन्स्टाग्राम अकाउन्ट फलो गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १५:५०