close

गैरकानुनी रूपमा ६२ करोड आर्जन गरेको आरोपमा विकल पौडेल विरुद्ध अर्को मुद्दा दायर

टेकपाना टेकपाना

जेठ ९, २०८१ १७:१८

गैरकानुनी रूपमा ६२ करोड आर्जन गरेको आरोपमा विकल पौडेल विरुद्ध अर्को मुद्दा दायर

काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । पौडेलले ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारकाे अभियोगपत्रमा पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी गरिएको छ। ​

बुधवारमात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेकाे भन्दै पौडेललाई मुख्य दाेषी ठहर गरी दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो र त्यति नै रकम जरिवाना तिर्नुपर्ने फैसला गरेकाे थियाे ।

पौडेल विरुद्ध विशेष अदालतमा थप दुई मुद्दा विचाराधीन छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा साढे ४० करोड रूपैयाँ बढी भ्रष्टाचार भएको आरोप लगाउँदै गत वैशाख ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै अमेरिकाको आवासीय अनुमतिपत्र (पीआर) लिएरै नेपालमा सार्वजनिक पद लिएको भन्दै उनीमाथि गत वैशाख ९ मा मुद्दा दायर भएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ १७:३०