close

नेपाल टेलिकमको आईसीटी डे अफर, रु. ३९९ मा ३० जीबी डेटा

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १७:३१

नेपाल टेलिकमको आईसीटी डे अफर, रु. ३९९ मा ३० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (आईसीटी डे) को अवसर पारी नयाँ अफर ल्याएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित वैशाख २० गते मनाउन लागिएको यो दिवसको अवसरमा कम्पनीले विभिन्न प्याकेजसहितको अफर ल्याएको छ ।

यो अफर भोलि वैशाख १९ देखि तीन दिनसम्म सञ्चालन हुनेछ । यस अन्तर्गत रु. ४९ मा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत रु. १११ मा पाँच दिन चलाउन सकिने ६ जीबी डोटा, रु. १९९ मा सात दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १७:५७