काठमाडौं । नेपाली बजारमा टीभीएस आई क्युब इलेक्ट्रिक स्कुटर भित्रिएको छ । टीभीएस मोटर्सका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री अस्योरेन्स सुविधा सहित यो स्कुटर ल्याएको हो ।
नेपालीहरूका लागि ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत मुख्य चिन्ता भएकाले टीभीएसले आई क्यूब मार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।
ब्याट्री अस्यारेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले ७० प्रतिशत एसबीएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
टीभीएस आई क्युब र टीभीएस आई क्युब एस गरी टीभीएस आई क्यूबका दुई मोडल उपलब्ध हुनेछन ।
कम्पनीका अनुसार ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सक्नेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्ने कम्पनीको तर्क छ ।
नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आई क्युबको मूल्य दुई लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु हुन्छ ।