काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिजिटल स्कोरबोर्ड जडान गरिने भएको छ ।
यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रवार टेन्डर आह्वान गरेको छ ।
क्रिकेट मैदानको पूर्वाधार सुधार गर्ने सरकारी योजना अनुसार डिजिटल स्कोरबोर्ड राख्न लागिएको राखेपले जनाएको छ ।
यसअनुसार राखेपले नेपाली निर्माण कम्पनीहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ । डिजिटल स्कोरबोर्ड सम्बन्धी परियोजनाहरूमा काम गरेका कम्पनीले आवेदन प्रतिस्पर्धामा भाग लिनसक्ने बताइएको छ ।