काठमाडौं । शैक्षिक सत्र २०८१ सुरु भइसकेको छ । देशका अधिकांश विद्यालयमा पढाइ पनि सुरु भएको छ । हुन त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले यसअघि नै भौतिक पाठ्यक्रम सम्पूर्ण विद्यालयमा पठाइसकेको दाबी गरेको छ ।
पछिल्लो समय भौतिक पुस्तकसँगै अनलाइन पुस्तकको लोकप्रियता पनि बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै मन्त्रालयले केही वर्षदेखि शैक्षिक पुस्तकहरू पीडीएफका रूपमा उपलब्ध गराउँदै आएको छ ।
अघिल्ला वर्षहरूमा केही कक्षाका पुस्तकहरू छुटेका थिए । अहिले भने मन्त्रालयले कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक पीडिएफका रूपमा उपलब्ध गराएको छ ।
तपाईंले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत पुस्तक डाउनलोड गर्न सक्नुहुन्छ । यहाँहरूको सहजताका लागि यहाँ सम्पूर्ण कक्षाको पुस्तहरूको विवरण र डाउनलोड लिङ्क उपलब्ध गराइएको छ । उल्लेख गरिएका लिङ्कमा क्लिक गरेर पुस्तकको पीडीएफ फाइल डाउनलोड गरेर राख्न सक्नुहुन्छ ।