close

अब जेमिनाईको मोबाइल एपले च्याटजीपीटी जस्तै तुरुन्तै प्रतिक्रिया दिने

टेकपाना टेकपाना

बैशाख १२, २०८१ ९:५३

अब जेमिनाईको मोबाइल एपले च्याटजीपीटी जस्तै तुरुन्तै प्रतिक्रिया दिने

काठमाडौं । अब गुगलको जेमिनाई मोबाइल एपले पनि तुरुन्तै प्रतिक्रिया दिने भएको छ । वेबमा मात्र सीमित रहेको यो फिचर अब जेमिनाईको मोबाइल एपमा पनि उपलब्ध हुने भएको हो । 

यससँगै जेमिनाई प्रयोगकर्ताले उत्तरका लागि लामो समय कुर्नुपर्ने बाध्यता हट्ने छ । यस टुलबाट प्रयोगकर्ताले प्रम्प्ट राखेर इन्टर प्रेस गर्नासाथ प्रतिक्रिया पाउनेछन् ।

एपमा यो फिचर राख्न सेटिङबाट इनेबल गर्नुपर्ने छ । त्यसपछि यस टुलले दिने प्रतिक्रिया चाँडो हुनुका साथै तुरुन्तै प्रतिक्रिया मिल्ने छ । 

स्मार्टफोनमा यो फिचर इनेबल गर्न हाल गुगलले परीक्षणको काम गरिरहेको छ । स्मार्टफोनमा यो फिचर आएपछि मोबाइल एपमा पनि जेमिनाईले च्याटजीपीटी सरह प्रतिक्रिया दिने छ । 

गुगलले आईओएस प्रयोगकर्ताका लागि भने जेमिनाईलाई गुगल एपभित्र राखेको छ । त्यसमा पनि यो फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।

त्यस्तै यो फिचर बाहेक गुगललले 'युज लोकेसन फ्रम योर डिभाइस' ल्याउने बताइएको छ । यस फिचरबाट प्रयोगकर्ताले एपसँग आफ्नो लोकेसन शेयर गर्न सक्छन् । तर यो फिचर प्रयोग गर्दा अलि सचेत भने हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १०:१३