काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा विद्या भट्टराई नियुक्त भएकी छिन् । देशको ४५ औँ प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मा दिएका हुन् ।
भट्टराई एमालेकै सांसद हुन् । उनी एमाले नेता एवं तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारीकी श्रीमती पनि हुन् । हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछि भट्टराई राजनीतिमा सक्रिय छिन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार नवनियुक्त प्रधानमन्त्री ओली सहित मन्त्रिपरिषद् सदस्यहरूको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।