काठमाडौं । नेपाल सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति, कानुनी व्यवस्था तथा प्राविधिक मापदण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालयले विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, विकास साझे...
