काठमाडौं । चीनको एक सुपरकम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वका शक्तिशाली ५०० सुपरकम्प्युटरको सूचीमा शीर्ष स्थान हासिल गरेको छ । सन् २०१७ यता कुनै चिनियाँ कम्प्युटरले यो सूचीको शीर्ष स्थान हासिल गरेको यो पहिलो पटक हो । यो सूचीलाई प्रायः कुनै देशको प्राव...
