काठमाडौं । गभर्नेन्स, रिस्क र कम्प्लायन्सको प्रोफेसनल नेटवर्क ‘जीआरसीपीएन’ (GRCPN) औपचारिक रूपमा सुरु भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै यो नेटवर्कको सुरुवात गरिएको हो ।
नेपालभित्र र बाहिरका विभिन्न उद्योगमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (GRC) अभ्यासलाई सुदृढ गर्ने यसको मुख्य उद्देश्य रहेको छ । सम्बन्धित क्षेत्रका पेसेवर, अनुसन्धानकर्ता र संस्थाहरू एकै ठाउँमा ल्याउनेगरी ‘जीआरसीपीएन’ सुरु भएको बताइएको छ ।
अमेरिकाको सिलिकन भ्यालीको साइबर सुरक्षा कम्पनी ‘सेक्युरिटीपाल’ (SecurityPal) का १० सदस्यहरूले ‘जीआरसीपीएन’ खोलेका हुन् । यसलाई ज्ञान आदानप्रदान गर्ने, पेसेवर विकास गर्ने र जीआरसी (गभर्नेन्स, रिस्क र कम्प्लायन्स)मा सहकार्य गर्ने प्लेटफर्मका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यो सञ्जाल जीआरसी प्रोफेसनल, कम्प्लायन्स अफिसर, रिस्क म्यानेजर र सम्बन्धित क्षेत्रका अन्य व्यक्तिहरूका लागि खुला भएको संस्थाका प्रवक्ता रामिज कर्णले बताए । “जीआरसीमा रुचि भएका सबै व्यक्तिहरू यसमा जोडिन सक्नुहुन्छ,” टेकपानासँग कर्णले भने ।