काठमाडौँ । आगामी आईफोन १७ को डिस्प्ले ६.३ इन्चको हुने चर्चालाई स्पिगेनले अप्रत्याशित रूपमा पुष्टि गरेको छ । अमेजन इन्डियामा रहेको स्पिगेनको आधिकारिक स्टोरमा आगामी आईफोन १७ सिरिजका लागि उपलब्ध स्क्रिन प्रोटेक्टरको सूचीकरणले यो खुलासा गरेको हो ।
स्पिगेनको ‘EZ Fit Tempered Glass Screen Protector Guard’ नामक उत्पादनको सूचीमा यसलाई आईफोन १६ प्रो, आईफोन १७ र आईफोन १७ प्रो सबैमा उपयुक्त हुने उल्लेख गरिएको छ ।
आईफोन १६ प्रोको डिस्प्ले पहिले नै ६.३ इन्चको रहेकोले यसले आईफोन १७ र आईफोन १७ प्रो दुवैमा सोही आकारको डिस्प्ले हुने संकेत गरेको छ । यद्यपि, प्रो मोडेलमा डिस्प्लेको क्वालिटी थप राम्रो हुने अपेक्षा गरिएको छ ।
हालको आईफोन १६ लाइनअपमा आईफोन १६ को डिस्प्ले ६.१ इन्च, आईफोन १६ प्रोको ६.३ इन्च, आईफोन १६ प्लसको ६.७ इन्च र आईफोन १६ प्रो म्याक्सको ६.९ इन्च रहेको छ ।
आईफोन १७ सिरिजमा भने आईफोन १७ र १७ प्रो दुवैमा ६.३ इन्चको डिस्प्ले हुनेछ । आईफोन १७ एयरले प्लस मोडेलको स्थान लिने र यसमा ६.६ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ । जब कि आईफोन १७ प्रो म्याक्समा भने पहिलेकै ६.९ इन्चको डिस्प्ले रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४३
