काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्रतिष्ठानले २१ दिनभित्र आवेदन दिइसक्न अनुरोध गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन सहित) जारी गर्दै स्टार्टअप उद्यम कर्जा लागि पाँच क्षेत्र तोकेको छ । जसमा कृषि, वन तथा उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि तथा डिजिटल क्षेत्र, पूर्वाधार तथा यातायात क्षेत्र, सामाजिक सेवा र पर्यटन क्षेत्र, परम्परागत तथा स्थानीय स्रोत साधनमा आधारित स्टार्टअप क्षेत्र समावेश छन् हुन् । यी क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअपले उक्त कर्जा लिन आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ ।
आवेदन ९ मंसिर दिउँसो ४ बजेसम्म यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।
चालू आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट न्यूनतम् तीन लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि हेर्न यहाँ र कार्यविधिको पहिलो संशोधन हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १८:५३
