close

क्वालकमको नयाँ चिप ‘स्न्यापड्रागन ८९८’ आउँदो नोभेम्बर ३० मा सार्वजनिक हुन सक्ने

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १३:३९

क्वालकमको नयाँ चिप ‘स्न्यापड्रागन ८९८’ आउँदो नोभेम्बर ३० मा सार्वजनिक हुन सक्ने

काठमाडौं । अमेरिकी चिप निर्माता क्वालकमले नयाँ फ्ल्यागशिप चिप स्न्यापड्रागन ८९८ आउँदो नोभेम्बर ३० मा सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ । कम्पनीले आफ्नो नयाँ टेक समिट नोभेम्बर ३० देखि डिसेम्बर २ मा आयोजना गर्ने तयारी गरेको छ ।

यही समारोहमा स्न्यापड्रागन ८९८ पनि सार्वजनिक हुनसक्ने अनुमान गरिएको हो । तर यसबारे कम्पनीले भने आधिकारिक रुपमा केही जानकारी भने दिएको छैन ।

बाहिरिएका खबरअनुसार यो चिपले पूर्ववर्ति स्न्यापड्रागन ८८८ भन्दा १५ प्रतिशत र ८८८ प्लसभन्दा पाँच प्रतिशत उच्च प्रदर्शन गर्ने बताइएको छ । साथै याे प्रोसेसरको जीपीयू उल्लेख्य रुपमा परिष्कृत भएर आउने बताइएको छ ।

डिजिटल च्याट स्टेसनले लिक गरेकाे एक डेटाअनुसार साओमीको नयाँ फ्ल्यागिशप फोन ‘साओमी १२’ मा स्न्यापड्रागन ८९८ प्रयोग हुने भएको छ । यससँगै ‘साओमी १२’ क्वालकमकाे याे फ्ल्यागशिप चिपसहित सार्वजनिक हुने पहिलाे स्मार्टफाेन बन्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५