काठमाडौं । यातायात व्यवस्था विभागले आज शुक्रबार (१ साउन) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ । अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फा...
