काठमाडौं । फेब्रुअरी महिनामा रियलमीले आफ्नो ९ प्रो सिरिजको स्मार्टफोन सार्वजनिक गरेपछि अब कम्पनीले यही सिरिजको फोरजी भर्सन पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले रियलमी ९ को एलटीई भर्सन यही बिहीबार सार्वजनिक गर्ने भएको हो । यो फोनको मुख्य आकर्षण यसमा उपलब्ध १०८ मेगापिक्सेलको क्यामेरा हो ।
साथै यो फोनमा ९० हर्जको रिफ्रेस रेट सहितको सुपर एमोलेड डिस्प्ले उपलब्ध हुने बताइएको छ । यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि उपलब्ध हुनेछ ।
फोनका अन्य फिचरबारे धेरै जानकारी बाहिर आइसकेको छैन । यो फोन छिट्टै नै नेपाल भित्रिने अनुमान गरिएको छ ।