close

गुड बाई फ्ल्यास प्लेयर !

टेकपाना टेकपाना

पुस १७, २०७७ १४:५९

गुड बाई फ्ल्यास प्लेयर !

काठमाडौं । के तपाईं एडोबी फ्ल्यास प्लेयर प्रयोग गर्नुहुन्छ ? यदि तपाईंसँग विण्डोज कम्युटर छ भने आजदेखि याे सफ्टवेयर प्रयोग गर्न सक्नु हुनेछैन । माइक्रोसफ्टले फ्ल्यास प्लेयरको लागि आफ्नो सिस्टम सपोर्ट बन्द गरेकाे छ ।

शुक्रबारदेखि माइक्रोसफ्टको वेब ब्राउजरले फ्ल्यासलाई सपोर्ट बन्द गरेकाे हाे । सेवाग्राहीलाई अनलाइनमा सुरक्षित राख्न कम्पनीले फ्ल्यास प्लेयरलाई हटाएकाे बताएकाे छ । 

माइक्रोसफ्टले मात्र होइन, २०१७ को जुलाईमा एप्पल, गुगल, मोजिल्ला र फेसबुकले पनि ठूला इन्टरनेट खेलाडीका कारण फ्ल्यासको युग विस्तारै सकिएको घोषणा गरेको थिए । 

प्रयोगकर्ताहरुले एचटीएमएल फाइभ, वेब जीएल र वेब एसेम्बली जस्ता सुरक्षित विकल्प प्रयोग गर्न थालेपछि फ्ल्यास प्लेयरका प्रयोगकर्ताहरुको संख्या घट्न थालेको थियो ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०