close

साइबर हमलाको ५ दिनपछि अमेरिकी इन्धन पाइपलाइनको सेवा सुचारू

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १८:४३

साइबर हमलाको ५ दिनपछि अमेरिकी इन्धन पाइपलाइनको सेवा सुचारू

काठमाडौं । साइबर हमलामा परेको पाँच दिनपछि अमेरिकाको सबैभन्दा ठूलो ग्याँस पाइपलाइनको सेवा पुन: सुचारु भएको छ । पाँच दिनअघि फ्युल आर्टरीमाथि साइबर हमला हुँदा विभिन्न राज्यहरुमा इन्धन अभाव खड्किएकाे थियो ।

जर्मनीजस्ताे सिङ्गो मुलुकले खपत गर्नेभन्दा धेरै इन्धन भण्डारण गर्ने कोलोनियल पाइपलाइनको सेवा बुधबार स्थानीय समयअनुसार साँझ पाँच बजेदेखि सुचारु भएको हो ।

पाँच दिनसम्म इन्धन आपूर्ति बन्द भएपछि बाइडेन प्रशासनले शताब्दियौं पुरानो सिपिङ प्रतिबन्धलाई अस्थायीकालका लागि फुकुवा गरी विदेशी ट्याङ्करलाई तेल आपूर्तिको अनुमति दिएको थियो ।

कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आइरहेको छ । स्रोतहरुका अनुसार उक्त र्‍यान्समवेयर साइबर हमलाको पछाडि डार्कसाइड नामक साइबर अपराधिक गिरोहको हात छ ।

समूहले गत बिहीबार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए । ती डेटालाई केही कम्प्युटर र केहीलाई सर्भरमा राखी शुक्रबार फिरौती समेत माग गरिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४