close

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा २० हजारसम्म क्याशब्याक

टेकपाना टेकपाना

असार ४, २०८० ८:१५

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा २० हजारसम्म क्याशब्याक

काठमाडौं: कनेक्ट आईपीएसले बीमा प्रयोगकर्ताका लागि नयाँ क्याशब्याक अफर ल्याएको छ । कम्पनीले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी “इन्सुरेन्स प्रिमियम पेमेन्ट २०८० क्याशब्याक” अफर सार्वजनिक गरेको हो । 

यस अफर अन्तर्गत कन‍ेक्ट आईपीएस मार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम २,०८० रुपैयाँ) क्याशब्याक प्राप्त गर्न सक्नेछन् । यस्तै अफरको अन्त्यमा एक जना विजेताले २० हजार ८० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका विजेताहरूको जानकारी कनेक्ट एसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ  ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुने बताइएको छ ।  
 

पछिल्लो अध्यावधिक: असार ४, २०८० ८:१५