काठमाडौं । गेमिङको दुनियाँमा निकै नाम कमाएको कम्पनी एसुसले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बजारमा ‘जेनफोन १०’ (Zenfone 10) नामकाे फोन ल्याउन लागेकाे हाे ।
१२० हर्ज रिफ्रेस रेट सहितको ५.९ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने फोन जुन २९ मा सार्वजनिक हुने चर्चा छ । हालसम्म सार्वजनिक भएका फ्ल्यागशिप फोनमध्ये याे सबैभन्दा सानो साइजको फोन हुनेछ ।
यसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । त्यस्तै ८ जीबी र १६ जीबी र्यामसहित क्रमश: २५६ जीबी र ५१२ स्टोरेज रहेको छ ।
फोनमा टाइप-सी चार्जर दिइएको छ भन ५००० एमएएच ब्याट्री राखिएको छ । यस्तै जेनबुक १० मा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । आईपी ६८ प्रमाणित भएको यो फोनको मूल्य ७४९ (करिब एक लाख रुपैयाँ) पर्ने अनुमान छ ।