काठमाडौं । नेपाली बजारमा इनफिनिक्सका दुई ओटा मोडेलका फोन सार्वजनिक हुने भएका छन् । कम्पनीले सोमबार इनफिनिक्स हट ३० आई र इनफिनिक्स स्मार्ट सेभेन प्लस सार्वजनिक गर्ने भएको हो ।
कस्तो छ हट ३० आई ?
कम्पनीले नेपाली बजारमा १६ जीबी र्यामसम्म बढाउन सकिने ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेल सार्वजनिक गर्न लागेको छ । ९० हर्ज रिफ्रेश रेट भएको इनफिनिक्स हट ३० आई मा ६.५६ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।
एन्ड्रोइड १२ मा आधारित यो फोन एक्सओएस १०.६ द्वारा सञ्चालित छ । मिडियाटेक हेलियो जी ३७ चिपसेट रहेको यो डिभाइसमा कम्पनीली माली-जी ५७ एमपी वान जीपीयू समावेश गरेको छ ।
यसमा ५० मेगापिक्सेलको मुख्य र ०.०८ मेगापिक्सेलको डेफ्ट सेन्सर छ । सेल्फी पारखीका लागि यो डिभाइसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराएको छ ।
यसमा फिङ्गरप्रिन्ट (लक-बटनमा), एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता महत्त्वपूर्ण सेन्सर रहेका छन् । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यस फोनलाई चार्ज गर्न १८ वाटको चार्जर उपलब्ध गराइएको छ । कम्पनीले यस डिभाइसको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकेको छ ।
कस्तो छ स्मार्ट सेभेन प्लस
कम्पनीले नेपालमा स्मार्ट सेभेन प्लसको ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुने बताएको छ । यो र्याम ७ जीबीसम्म बढाउन सकिन्छ । यस मोडेलमा ६.६ इन्च आईपीएस एलसीडी डिस्पले छ । अक्टाकोर १.६ हर्ज चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित छ ।
१३ मेगापिक्सेल मुख्य र ०.३ मेगापिक्सेल डेफ्ट सेन्सर रहेको यो डिभाइसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता सेन्सर रहेका छन् ।
६००० एमएएच क्षमताको ब्याट्री रहेको यस फोनमा कम्पनीले १० वाटको चार्जर उपलब्ध गराउने बताएको छ । यस फोनलाई १२ हजार ९९९ रुपैयाँ तिरेर खरिद गर्न सकिन्छ ।