close

नियमित रूपमा सञ्चालनमा आयो हेटौंडासहित पूर्वी क्षेत्रमा अवरुद्ध टेलिकमको सेवा

टेकपाना टेकपाना

असार १०, २०८० १८:४९

नियमित रूपमा सञ्चालनमा आयो हेटौंडासहित पूर्वी क्षेत्रमा अवरुद्ध टेलिकमको सेवा

काठमाडौं । सोमबार अपरान्हदेखि अवरुद्ध हेटौंडा पूर्वको नेपाल टेलिकमको मोबाइल लगायतको दूरसञ्चार सेवा सञ्चालनमा आएको छ । हेटौंडा बजारमा अप्टिकल फाइबर चुँडिएपछि प्रभावित रहेको कम्पनीको सेवा साढे ६ बजेदेखि सञ्चालनमा आएको हो ।

कम्पनीका सहायक प्रवक्ता परमात्मा भट्टराईका अनुसार सडक खन्ने क्रममा अप्टिकल फाइबर तार चुँडिएको बताए । "अप्टिकल फाइबर काटिएर केही समय कम्पनीको सेवामा समस्या आएको  थियो," उनले भने, "अहिले भने सेवा नियमित भइसकेको छ ।"

कम्पनीको अप्टिकल फाइबर चुँडिदा हेडौंडासँगै पूर्वी तराईं र पहाडी क्षेत्रमा समेत केही घण्टा टेलिकमको सेवा अवरुद्ध भएको थियो । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १८:५०