काठमाडौं । नेपाली बजारमा गोडेजरको नयाँ इन्भर्टर एअर कन्डिसनर (एसी) सार्वजनिक भएको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बोन फिल्टर रहेको हुनाले यो एसीले अनावश्यक प्रदूषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गर्न सक्ने कम्पनीको दाबी छ ।
एसीमा आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ । टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
गोडरेजको यस एअर कन्डिसनरमा कम्पनीले १० बर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी पनि दिएको छ । यसका साथै कम्पनीले नि:शुल्क डेलिभरी, नि:शुल्क इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।