close

ईसेवाको रकम एटीएमबाट निकाल्दा १५ रुपैयाँ सेवा शुल्क लाग्ने

टेकपाना टेकपाना

असार १८, २०८० १६:४९

ईसेवाको रकम एटीएमबाट निकाल्दा १५ रुपैयाँ सेवा शुल्क लाग्ने

काठमाडौं । ईसेवाको रकम एभरेष्ट बैंकको एटीएमबाट निकाल्दा प्रत्येक पटक १५ रुपैयाँ सेवा शुल्क लाग्ने भएको छ । कम्पनीले यसअघि निःशुल्क रकम निकाल्ने विशेषता ल्याएकोमा सेवा आईओएसमा उपलब्ध भइसकेपछि अतिरिक्त शुल्क लिन थालेको हो । 

कम्पनीले शनिबारदेखि एभरेष्ट बैंकबाट रकम निकाल्दा सेवा शुल्क लिन सुरु गरेको हो । “हामीले थोरै समयका लागि सेवा शुल्क नलिने योजना बनाएका थियौं,” ईसेवा स्रोतले भन्यो, “आईओएसमा यो सेवा आएसँगै हामीले शुल्क लिन सुरु गरेका छौं ।”

यससँगै एटीएमबाट एक पटकमा न्यूनतम एक हजार रुपैयाँदेखि बढीमा पाँच हजार रुपैयाँ निकाल्न सकिनेछ । त्यस्तै हरेक महिना बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिनेछ । 

एभरेष्ट बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?

- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।

 

- त्यसपछि होमपेजमा रहेको 'एटीएम विथड्र' (ATM Withdraw) को अप्सन छान्नुहोस् । 

- अनि एभरेष्ट बैंकको नाम छान्नुहोस् ।

- यति गरेपछि आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् (तर, ५०० को गुणन सङ्ख्या मात्र राख्न पाइन्छ । एक पटकमा पाँच हजारभन्दा बढी रकम निकाल्न मिल्दैन ) ।

- यति गरेपछि 'पर्पोजमा गई किन निकाल्न लागेको भन्ने अप्सन छान्नुहोस् ।

- अनि रिमार्क लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि कन्फर्म (Confirm)को बटनमा ट्याप गर्नुहोस् । अनि आफ्नो पीन नम्बर राखेर पुनः 'कन्फर्म' (Confirm) बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा एउटा ओटीपी कोड आउँछ ।

एभरेष्ट बैंकको एटीएम बुथमा जानुहोस्

- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।

- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।

यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८० १७:४९