काठमाडौं । साइबर सुरक्षा तथा इथिकल ह्याकरहरू बीच भेटघाट तथा अन्तरक्रिया हुने भएको छ । सफ्टवेयरको सुरक्षा सुरक्षामा केन्द्रित अन्तर्राष्ट्रिय संस्था ओपन वर्ल्डवाइड एप्लिकेसन सेक्युरिटी प्रोजेक्ट (ओडब्लूएएसपी)काठमाडौंले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
आउँदो शनिबार ललितपुरको चाकुपाटमा अवस्थित टेकक्राफ्ट इन्कमा हुने उक्त कार्यक्रममा साइबर सुरक्षा, नेटवर्क सुरक्षा, क्लाउड सुरक्षा, डेटा प्रोटेक्सन आदि विषयमा प्रस्तुति (प्रिजेन्टेनसन) तथा छलफल हुने आयोजकले जनाएको छ ।
त्यस्तै विभिन्न 'टास्क' तथा 'पजल'मा आधारित ‘क्याप्चर द फ्ल्याग’(capturetheflag - CTE) नामक इथिकल ह्याकिङको प्रतिस्पर्धा पनि हुने भएको छ । कार्यक्रममार्फत साइबर सुरक्षा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूलाई यस काममा प्रोत्साहित गर्ने र डिजिटल संसार सबैका लागि सुरक्षित बनाउने लक्ष्य आयोजकले राखेको छ ।
व्यक्ति तथा संस्थाको पहुँचमा सफ्टवेयर सुरक्षाको पहुँच सजिलो बनाउने र यसको चुनौतीबारे सजग गराउने काम यो संस्थाले गर्दै आएको छ । कार्यक्रम बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।