close

ह्वाट्सएपमा दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर २५, २०८० १५:१३

ह्वाट्सएपमा दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । मेटाले ह्वाट्सएपमा पनि दुई ओटा अकाउन्ट स्वीच गर्न सकिने फिचर उपलब्ध गराएको छ । गत अक्टोबरमा कम्पनीका सीईओ मार्क जुकरबर्गले घोषणा गरेको यो फिचर अहिले अधिकांश एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध भइसकेकाे छ । 

यसमार्फत प्रयोगकर्ताले अब एउटै ह्वाट्सएप एपमा दुई वा सोभन्दा बढी अकाउन्ट लगइन गर्न सक्ने बताइएको छ । दुई वा सोभन्दा बढी अकाउन्टका लागि छुट्टाछुट्टै एप प्रयोग गर्ने वा बारम्बार एउटै अकाउन्टबाट पनि लगइन लगआउट गर्ने प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध हुने कम्पनीको विश्वास छ ।  

सुरुवाती चरणमा ह्वाट्सएपले यो सुविधा एन्ड्रोइड डिभाइसमा उपलब्ध गराएकाे छ । आईओएसमा भने केही समयपछि यो फिचर उपलब्ध हुने उल्लेख छ ।  

यसरी लगइन गर्नुहोस् ह्वाट्सएप एपमा दुईओटा अकाउन्ट 

- सबैभन्दा पहिले एन्ड्रोइडमा ह्वाट्सएप एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

- अनि अम्तिममा रहेको सेटिङको अप्सनमा जानुहोस् । 

- यति गरेपछि तपाईंको प्रोफाइल पिक्चर र नामसँगै देखिने क्यूआर कोडको अप्सनपछि ‘ड्रपडाउन’ आइकन देखिन्छ । सोही आइकनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि ‘एड एन अकाटन्ट’ (Add an Account) को अप्सनमा ट्याप गर्नुहोस् । 

- र, ‘एग्री एन्ड कन्टिन्यु’ को अप्सनमा ट्याप गर्नुहोस् । 

- यति गरेपछि त्यहाँ तपाईंको फोन नम्बर राख्ने बक्स देखिन्छ । त्यसैमा आफूले लगइन गर्न लागेको मोबाइल नम्बर राख्नुहोस् । 

- र, तल देखिएको ‘नेक्स्ट’को बटन ट्याप गर्नुहोस् । 

तपाईंले यति प्रक्रिया पूरा गरिसकेपछि यदि तपाईंले राखेको नम्बर बिजनेस अकाउन्ट हो भने सूचनाको पपअप पेज खुल्छ । जसमा तपाईंको मेसेज र मिडिया फाइल मात्र सो एपमा देखिने तर पहिले भएको क्याटालग, ग्रिटिङ्स हट्छ भनि जानकारी दिन्छ । यदि सामान्य अकाउन्ट छ भने ‘एडिट’ र एस’ को अप्सन देखिन्छ । त्यसपछि बिजनेस अकाउन्ट हो भने ‘स्वीच’ र सामान्य अकाउन्ट हो भने ‘एस’ को अप्सनमा ट्याप गर्नुहोस् । 

- यति भइसकेपछि ‘कन्टिन्यु’को बटनमा ट्याप गर्नुहोस् । सो नम्बर तपाईंकै हो भन्ने भरिफाई गर्न ओटीपी कोड अवथा फोन मध्ये कुनै एक विकल्प छानी लगइन गर्नुहोस् । 

यदि तपाईंको सो ह्वाट्सएप अकाउन्टमा कुनै व्याकअप गुगल अकाउन्ट राख्नु भएको छ भने ब्याकअपमा राखेको सबै मेसेज देखिन्छ । यदि छैन भने सबै मेसेज हट्छ । तपाईंलाई अकाउन्ट स्वीच गर्नुपर्‍यो भने पुनः ह्वाट्सएप एप खोलेर माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् र अन्तिमको स्वीच अकाउन्ट्सको अप्सनमा ट्याप गर्नुहोस् । 

कम्पनीले मल्टिपल अकाउन्ट स्वीच गर्न सकिने भनेको भए पनि अहिलेलाई दुई ओटा अकाउन्ट मात्र लगइन गर्ने सुविधा उपलब्ध भएको देखिन्छ । 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० १५:१७