close

एक ट्यापमै विज्ञापन डिसेबल गर्ने फिचर ल्याउँदै साओमी

टेकपाना टेकपाना

साउन २०, २०८१ १२:३९

एक ट्यापमै विज्ञापन डिसेबल गर्ने फिचर ल्याउँदै साओमी

काठमाडौं । मूल्यका हिसाबले साओमीका फोन त्यति धेरै महँगा छैनन् । बरु कम्पनीले विज्ञापनबाट बढी पैसा कमाउने गर्छ । हुन त साओमीका फोनमा विज्ञापन डिसेबल गर्ने फिचर अहिले पनि छ, तर त्यसका लागि केही प्रक्रिया अपनाउनुपर्छ । अब भने प्रयोगकर्ताले एक ट्यापमै विज्ञापन डिसेबल गर्न सक्ने भएका छन् ।

एन्ड्रोइड अथोरिटीका अनुसार साओमीले आफ्नो व्यावसायिक रणनीति परिमार्जन गर्दैछ । “युजर एक्सपिरियन्स सुधार गर्न हामी प्रि-इन्स्टल एप र कन्टेन्ट डिस्प्ले इन्ट्री पेज घटाउन लागेका छौं,” साओमीले एन्ड्रोइड अथोरिटीलाई पठाएको ईमेलमा भनेको छ, “हाम्रो अब आउन लागेका फ्ल्यागशिप फोनमा ग्राहकले यो अनुभव गर्न पाउनेछन् ।”

यो रणनीनिले ग्राहक र कम्पनी दुवैलाई फाइदा पुर्‍याउने साओमीको विश्वास छ ।

अहिले विज्ञापन डिसेबल गर्नका लागि जति बढी प्रक्रिया अपनाउनु पर्छ, नयाँ नीति आएपछि सिङ्गल टोगलमै डिसेबल गर्न सकिने बताइएको छ । यसले प्रयोगकर्ता अनुभवमा पनि राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अहिले साओमीका फोनमा विज्ञापन डिसेबल गर्नका लागि सेटिङभित्र एमएसए एप खोजेर त्यसलाई डिसेबल गर्नुपर्ने हुन्छ । त्यसपछि हरेक एप खोलेर त्यसमा एमएसए डिसेबल गर्नुपर्छ । सुरुवाती चरणमा एक ट्यापमै विज्ञापन डिसेबल गर्न सकिने फिचर साओमीको कुन मोडेलमा आउँछ भन्ने खुलाइएको छैन । 

 

 

पछिल्लो अध्यावधिक: साउन २०, २०८१ १३:१४