काठमाडौं । अब इन्स्टाग्राममा बजिरहेको गीत स्पोटिफाईको प्ले लिस्टमा एक क्लिकमै सेभ गर्न सकिने भएको छ । इन्स्टाग्राम र स्पोटिफाईले यसका लागि हालै सहकार्य गरेका हुन् ।
यससँगै अब इन्स्टाग्राम स्टोरीमा मन परेका कुनै पनि गीत सजिलै आफ्नो स्पोटिफाईको प्ले लिस्टमा राख्न सकिने छ । यो फिचर १७ अक्टोबरदेखि विश्वव्यापी रूपमा उपलब्ध भएको छ ।
यो काम एन्ड्रोइड तथा आईओएस दुवैमा गर्न सकिन्छ । यसका लागि तपाईं स्पोटिफाईको प्रिमियर युजर हुन जरुरी छैन । तर यसका लागि तपाईंले स्पोटिफाई र इन्स्टाग्राम अकाउन्टबीच लिङ्क गर्नुपर्ने हुन्छ ।
स्पोटिफाईमा भने 'लिङ्क्ड सङ्स' नामक सेक्सनभित्र ती गीत देखिन्छन् ।
यो काम गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
-इन्स्टाग्राम स्टोरी हेर्दै जाँदा मन परेको गीतमा क्लिक गर्नुहोस् ।
-अब गीतको नाममा क्लिक गर्नुहोस् । दायाँ भागमा स्पोटिफाईको लोगो देखिन्छ ।