close

अङ्ग्रेजी नयाँ वर्षदेखि यी २० मोडेलका फोनमा चल्नै छैन ह्वाट्सएप, तपाईं पनि पर्नु भयो कि ?

टेकपाना टेकपाना

पुस ८, २०८१ १९:१२

अङ्ग्रेजी नयाँ वर्षदेखि यी २० मोडेलका फोनमा चल्नै छैन ह्वाट्सएप, तपाईं पनि पर्नु भयो कि ?

काठमाडौं । विश्वभर निकै प्रयोग हुने मेसेजिङ एप ह्वाट्सएप नयाँ वर्षदेखि केही स्मार्टफोनहरूमा नचल्ने खबर बाहिर आएको छ । १ जनवरी २०२५ देखि यो मेसेजिङ एप २० भन्दा बढी मोडेलका स्मार्टफोनमा नचल्ने भएको हो । 

"हामीले पहिले नै आईफोन सपोर्टको अन्त्यका बारेमा जानकारी दिएका थियौँ; अब सूची अझै लम्बिएको छ, जसमा सामसङ, मोटोरोला, एचटीसी, एलजी र सोनी जस्ता ब्रान्डका करिब २० मोडेलमा ह्वाट्सएप चल्ने छैन,” एचडी ब्लगको रिपोर्टमा भनिएको छ । 

रिपोर्ट अनुसार मार्क जुकरबर्गको स्वामित्वमा रहेको मेटाले एन्ड्रोइड किटक्याट वा सोभन्दा पुरानो अपरेटिङ सिस्टममा अड्किएका सबै डिभाइसका लागि ह्वाट्सएपको पहुँच बन्द गर्ने निर्णय लिएको हो ।

१ जनवरी २०२५ देखि ह्वाट्सएप नचल्ने फोनको सूची 

नयाँ वर्षको दिनदेखि थुप्रै स्मार्टफोनले ह्वाट्सएपको एक्सेस गुमाउने छन् । जसमा सामसङ, मोटोरोला, एचटीसी, एलजी र सोनी जस्ता ब्रान्डका २० ओटा मोडेल रहेका छन् । 

  • सामसङ ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ३, ग्यालेक्सी एस ४ मिनी

  • मोटोरोला डिभाइस जस्तै मोटो जी, रेजर एचडी, मोटो ई २०१४

  • एचटीसी मोडेल जस्तैः वन एक्स, वन एक्स प्लस, डिजायर ५०० र डिजायर ६०१

  • एलजीको अप्टिमस जी, नेक्सस ४, जी २ मिनी र एल ९०

  • सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी

यी स्मार्टफोन १० वर्षभन्दा पुराना स्मार्टफोन हुन् । यी फोनमा १ जनवरीदेखि ह्वाट्सएप नचल्ने बताइएको छ । यस्तोमा यी डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले डेटा ब्याकअपमा राख्न सक्ने छन् । अन्यथा एक्कासि एप नचल्ने भएको अवस्थामा त्यसमा भएको सबै डेटा गुम्ने जोखिम हुन सक्छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १९:१३