काठमाडौँ । उद्यमी बन्न चाहने व्यक्तिहरूलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक हप्ते नि:शुल्क तालिम प्रदान गर्ने भएको छ । २५ वैशाखदेखि दुई वटा ब्याचमा उद्यमशीलता विकास तालिम प्रदान गर्न लागिएको हो ।
२५ वैशाखदेखि १ जेठसम्म पहिलो ब्याच र ३ जेठदेखि १० जेठसम्म दोस्रो ब्याचलाई तालिम प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको । उक्त तालिम लिएपछि आफ्नो व्यक्तिगत क्षमताको मूल्याङ्कन, उपयुक्त व्यवसायको छनौट तथा व्यावसायिक योजना तयार गरी व्यवसाय सुरु गर्न/स्वरोजगार बन्न सकिने अपेक्षा राखिएको छ ।
नि:शुल्क रूपमा उपलब्ध गराइने यो तालिम लिनका लागि कम्तीमा एसएलसी/एसईई पास गरेका र १६ वर्ष पुरा भई ५० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । तालिमका लागि १४ वैशाखसम्ममा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आवेदन प्राप्त भएपछि प्रतिष्ठानले योग्य व्यक्तिहरू छनोट गरि अन्तर्वार्ता लिने उल्लेख छ ।
इच्छुक योग्यता प्राप्त व्यक्तिहरूले यहाँ क्लिक गरेर उद्यमशीलता विकास तालिमका लागि आवेदन दिन सक्नेछन् । यस्तै प्रतिष्ठानको ईमेल ठेगाना [email protected] बाट समेत आवेदन दिन सकिने छ । प्रतिष्ठानका अनुसार आवेदन दिनेहरू मध्येबाट २० देखि २५ जनासम्म तालिमका लागि छनोट हुनेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १२:५२
