close

७.४ इन्चको ओलेड डिस्प्ले र एआर ग्लाससहित ‘ROG XBOX Ally X20’ बजारमा

टेकपाना टेकपाना

असार २, २०८३ २३:५८

७.४ इन्चको ओलेड डिस्प्ले र एआर ग्लाससहित ‘ROG XBOX Ally X20’ बजारमा

काठमाडौँ । एसुस कम्पनीको गेमिङ ब्रान्ड आरओजीले आफ्नो २०औं वर्षगाँठको अवसरमा नयाँ गेमिङ डिभाइस ‘आरओजी एक्सबक्स एलाई एक्स२०' (ROG XBOX Ally X20) बण्डल बजारमा ल्याएको छ । यो डिभाइसमा पहिलो पटक ठुलो ७.४ इन्चको ओएलईडी डिस्प्ले दिइएको छ ।

यो ह्यान्डहेल्डको बाहिरी भाग पारदर्शी कालो रङको छ भने भित्र सुनौलो रङ देखिन्छ । यसले पुरानो गेमिङ युग र नयाँ प्रविधिलाई एकैसाथ देखाउने कम्पनीले जनाएको छ । यसमा एएमडीको शक्तिशाली रायजेन एआई जेड२ एक्स्ट्रिम प्रोसेसर, २४ जीबी र्‍याम र १ टेराबाइट स्टोरेज छ ।

डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट र १४०० निट्स सम्मको चमक छ । यसले राम्रो तस्विर र छिटो प्रतिक्रिया दिन्छ । ओएलईडी भएकाले तातो कम होस् भनेर विशेष कुलिङ सिस्टम पनि राखिएको छ ।

जोइस्टिक नयाँ प्रकारको टीएमआर हो, जसले ड्रिफ्ट हुँदैन भने राम्रो कन्ट्रोल दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसमा एक्सबक्स स्टाइलको डी-प्याड पनि छ, जसलाई आवश्यक अनुसार बदल्न सकिन्छ।

यो बण्डलमा आरओजी एक्सरियल आर१ एडिसन २० नामको एआर ग्लासेस पनि दिइएको छ । यसले आँखामा लगाएर १७१ इन्च जत्तिको ठुलो भर्चुअल स्क्रिन देखाउँछ । 

८० वाट घण्टाको ब्याट्री र हल्का तौल भएकाले यो बोकेर खेल्न पनि सजिलो छ । कम्पनीका अनुसार यो डिभाइसले पोर्टेबल गेमिङलाई अझ राम्रो र सजिलो बनाउने छ ।

 

पछिल्लो अध्यावधिक: असार २, २०८३ २३:५९