close

फाइभजी स्मार्टफोनमा चिनियाँ ब्रान्डको दबदबा, सामसङ कहाँ ?

टेकपाना टेकपाना

भदौ ११, २०७८ २२:५६

फाइभजी स्मार्टफोनमा चिनियाँ ब्रान्डको दबदबा, सामसङ कहाँ ?

काठमाडौं । साओमी विश्वमा फाइभजी स्मार्टफोन बिक्री गर्ने टप ब्रान्ड बन्न सफल भएको छ । स्टार्टेजी एनालिस्टले जारी गरेको रिपोर्टले यस्तो खुलासा गरेको हो ।

रिपोर्ट अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा साओमीको बजार हिस्सा सबैभन्दा बढी अर्थात २५.७ प्रतिशत रहेको छ । जसअनुरूप साओमी ब्रान्ड विश्वको उत्कृष्ट फाइभजी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको हो ।

यस दौरान कम्पनीले करिब दुई करोड ४० लाख फाइभजी स्मार्टफोन बिक्री गरेको छ । जसमा मि र रेड्मी ब्रान्डका स्मार्टफोन रहेका छन् ।

कसको बजार हिस्सा कति ?

साओमी पछि १८.५ प्रतिशत बजार हिस्साका साथ भिभो दोस्रो स्थानमा छ । जब कि १७.९ प्रतिशत हिस्साका साथ ओप्पो तेस्रो नम्बरमा रहेको छ ।

त्यसैगरी सामसङ १६.७ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा समेटिएको छ । अर्को चिनियाँ कम्पनी रियलमी ५.९ प्रतिशत बजार हिस्साका साथै पाँचौ नम्बरमा रहेको छ । 

किन पछाडि पर्‍यो सामसङ ?

रिपोर्टलाई आधार मान्ने हो भने साओमीले सुलभ मूल्यका स्मार्टफोन बजारमा ल्यायो । जसका कारण साओमीलाई उत्कृष्ट फाइभजी स्मार्टफोन ब्रान्ड बन्न सहयोग पुग्यो ।

एक समय यस्तो थियो, जब एन्ड्रोइड फाइभजी स्मार्टफोन बजारमा सामसङको एक छत्र राज रहेको थियो । तर अहिले आएर सामसङको अवस्था नाजुक बनेको छ ।

सामसङले पछिल्लो तीन महिनामा विश्वभर सात करवड ७० लाख फाइभजी स्मार्टफोन मात्र शिपमेन्ट गरेको छ । जब कि सामसङले सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१