close

रिकेश बने ‘बगभी’ बाट १ लाख कमाउने पहिलो इथिकल ह्याकर

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १९:२५

रिकेश बने ‘बगभी’ बाट १ लाख कमाउने पहिलो इथिकल ह्याकर

काठमाडौं । नेपाली युवाको अग्रसरतामा सञ्चालन भइरहेको बग बाउन्टी प्लेटफर्म बगभीबाट साइबर अनुसन्धानकर्मी रिकेश बानियाँले एक लाख बढी कमाएका छन् ।

बगभीमा सुरूकाे दिनदेखि नै सक्रिय उपस्थिति जनाएका बानियाँले बाउन्टी रिवार्डस्वरूप एक लाख रूपैयाँ बढी कमाउन सफल भएका हुन् ।

बगभी प्लेटफर्ममा विश्वभरका इथिकल ह्याकर/साइबर सुरक्षा विज्ञ र बग हन्टर जोडिएका छन् । उनीहरूले विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको परीक्षण गर्छन् ।

रिकेशका अनुसार उनको मनपर्ने बग बाउन्टी प्रोग्राम ग्यापुको थियो, जसबाट प्राप्त गरेको रिवार्डले उनलाई एक लाख आम्दानीको आँकडा पार गर्न मद्दत गरेको थियो । यसका साथै रिकेशले बगभीमा ५०० प्वाइन्ट नाघेका छन् र अहिले बगभी लिडरबोर्डमा नम्बर १ मा छन् ।

कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले बगभीकाे सेवा सस्तो मूल्यमै उपलब्ध हुने बगभीका संस्थापक नरेश लाम्गादे बताउँछन् ।

‘कुनै प्लेटफर्ममा बग फेला पारेको खण्डमा इथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्छन्,’ उनले भने, ‘बगको आधारमा त्यस्ता ह्याकरलाई निश्चित रकम सहितको रिवार्ड उपलब्ध गराइन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१