काठमाडौं । विन्डोज ११ अपरेटिङ सिस्टमको केही फिचरमा समस्या देखिएको भन्दै माइक्रोसफ्टले प्रयोगकर्तालाई सचेत गराएको छ । विन्डोज ११ प्रयोग भएका केही कम्प्युटर स्निपिङ टुल, टच किबोर्ड र इमोजी प्यानल नचल्ने समस्या देखिएको माइक्रोसफ्टले जनाएको छ ।
प्रयोगकर्ता आफैंले यो समस्या समाधान गर्न सक्ने माइक्रोसफ्टले जनाएको छ । प्रयोगकर्ताले विन्डोज ११ को सेटिङमा गएर अपडेट सेक्सनमा गएर भेटिने प्याच अपडेट गरी समाधान गर्न सक्ने माइक्रोसफ्टले जनाएको छ ।
यो प्याचले स्निपिङ टुलको समस्या समाधान भने नगर्ने कम्पनीले जनाएको छ । यसको विकल्पमा प्रिन्ट स्क्रिन की प्रयोग गर्न माइक्रोसफ्टले सुझाव दिएको छ ।