close

ह्वाट्सएपमा पठाइएको म्यासेज जति बेला पनि डिलिट गर्न सकिने फिचर आउँदै

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ ८:४३

ह्वाट्सएपमा पठाइएको म्यासेज जति बेला पनि डिलिट गर्न सकिने फिचर आउँदै

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपमा पठाइएको म्यासेज केही सेकेन्डभित्र डिलिट गर्न सकिने फिचर अहिले पनि छ । अब भने ह्वाट्सएपले म्यासेज डिलिट गर्नको लागि समय सिमा हटाउने भएको छ । 

ह्वाट्सएपको ‘डिलिट फर एभ्रिवन’ नामक फिचरमा अब चाँडै नै प्रयोगकर्ताहरुले अरुलाई पठाइएको म्यासेज आफूले चाहेको बेलामा डिलिट गर्न सक्ने फिचर आउने भएको हो । 

ह्वाट्सएपको नयाँ नयाँ फिचर लिक गर्दै आएको वीबेटाइन्फो नामक ट्विटर ह्याण्डलमार्फत सार्वजनिक भएको स्क्रिनसटमा देखिए अनुसार प्रयोगकर्ताले अरुलाई पठाएको म्यासेज महिनौं पछि पनि डिलिट गर्न सक्नेछन् । 

ह्वाट्सएपले ल्याउन लागेको यो फिचर इन्स्टाग्राम र टेलिग्राममा अहिले नै उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५