close

समाधान भयो विन्डोज ११ मा देखिएको समस्या, अपडेट गर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ १२:५८

समाधान भयो विन्डोज ११ मा देखिएको समस्या, अपडेट गर्न कम्पनीको आग्रह

काठमाडौं । विन्डोज ११ अपरेटिङ सिस्टममा देखिएको समस्या समाधान भएको माइक्रोसफ्टले जनाएको छ । केही सातायता विन्डोज ११ का केही प्रयोगकर्ताले स्निपिङ टुल, टच किबोर्ड र इमोजी प्यानल नखुल्ने जस्ता समस्या भोगिरहेका थिए ।

यो समस्या समाधानको लागि नयाँ अपडेट रिलिज गरेको माइक्रोसफ्टले जनाएको छ । यसअघि यो समस्या समाधानको लागि माइक्रोसफ्टले बेटा परीक्षण गरेको थियो ।

विन्डोज ११ का सबै प्रयोगकर्तालाई नयाँ अपडेट पठाइएको र अपडेट गर्नासाथ अहिले देखिएका समस्या समाधान हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले विन्डोज ११ को सेटिङ भित्र विन्डोज अपडेटमा गएर स्वतः आफ्नो अपरेटिङ सिस्टम अपडेट गर्न सक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५