काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले अर्को महिना साओमी १२ सिरिजका फोन सार्वजनिक गर्दैछ । यस विषयमा अहिले नयाँ विवरण बाहिरिएको छ । साओमी १२ सिरिजअन्तर्गत सार्वजनिक हुने साओमी १२ अल्ट्रा दुई भेरियन्टमा आउने भएको छ ।
यसअन्तर्गत कम्पनीले ‘साओमी १२ अल्ट्रा’ सँगै ‘साओमी अल्ट्रा इन्ह्यान्स्ड’ एडिसन ल्याउन लागेकाे हाे । हालै अनलाइनमा यी फोनका केही मुख्य विशेषता बाहिरिएका छन् ।
भर्खरै प्राप्त एक रिपोर्टका अनुसार साओमीले अर्को माेडल ‘साओमी १२ अल्ट्रा इन्ह्यान्स्ड’ पनि सार्वजनिक गर्नेछ ।
साओमी यूआईको रिपोर्टअनुसार अल्ट्रा र साओमी अल्ट्रा इन्ह्यान्स्ड स्मार्टफोनको स्टोरेज समान हुनेछ । साथै यी दुई स्मार्टफोनको क्रमशः थोर (Thor) र लोकी (Loki) कोडनेम रहनेछ ।
त्यस्तै भेनिला साओमी १२ अल्ट्राको कोड नाम जीउस (zeus) रहेको छ । यी दुवै स्मार्टफोनमा क्वालकमको स्नापड्रागन ८९८ चिपसेट प्रयोग गरिएको छ ।
त्यस्तै, साओमी १२ अल्ट्रा सिरिजमा ५० मेगापिक्सेलको सामसङ जीएन ५ क्यामेरा हुनेछ, जसमा २एक्स, ५ एक्स र १० एक्समा जुम गर्नसक्ने ४८ मेगापिक्सेलका सेन्सरहरू रहनेछ ।
बाहिरिएको खबरलाई आधार मान्ने हो भने यी स्मार्टफोनमा पाँचवटा ठूला क्यामेरा सेटअप हुने भनिएको छ । जसले ०.५ एक्स देखि १२० एक्ससम्म जुम गर्ने क्षमता राख्दछ ।